अल्सर हुँदा दुखाई बढेर आउने, खाली पेट बस्न नसक्ने खायो कि पेट दुखिहाल्ने र कसै कसैलाई बान्ता हुने, खान मन नलाग्ने समस्या बढ्दै जाँदा दिसा कालो पनि हुनसक्छ । तर, सबैमा ग्यास्ट्रिक र अल्सरका लक्षण यस्तै नहुन पनि सक्छन्
यसो भनिरहँदा पेटका हरेक समस्या ग्यास्ट्रिक र अल्सर मात्र हुँदैनन् । युवा वर्गमा पेटको एक विशेष रोग वा समस्या बढ्दै गइरहेको छ । जसलाई IBS आइबियस (इरिटेबल बावल सिन्ड्रोम ) भनिन्छ ।
IBS आइबियस (इरिटेबल बावल सिन्ड्रोम)
पेटमा केही असहज महसुस भयो कि धेरै मानिस ‘ग्यास्ट्रिक भएको’ भन्दै अस्पताल, क्लिनिकमा आउने गर्छन् । हरेक पेटको रोग ग्यास्ट्रिक वा अल्सर हुँदैनन् ।
विशेष गरेर युवा वर्ग, अफिसमा काम गर्ने विद्यार्थी, पढेलेखेको वर्ग, अलि मानसिक तथा शारीरिक थकानमा काम गर्ने व्यक्तिमा यो समस्या देखापर्न थालेको छ ।
खानपिनको ख्याल नराख्ने, समयमा खान खाजा नखाने, घर बाहिर बढी खाजा खान खाने विशेष गरी यो पेटको समस्या लिएर आउनुहुन्छ । यसमा पेट फुल्ने, असजिलो र पेट दुख्ने हुन्छ। कोही कब्जियतको समस्या लिएर आउनु हुन्छ। कोही दिनमा ३, ४ पटक दिसा लाग्यो भनेर । दिसा गरेपछि हल्का आराम महसुस हुनेगर्छ ।
परीक्षण गर्दा सबै जाँच भिडियो एक्सरे, इन्डोस्कोपी, पेट को ( CT SCAN ) सी.टी स्क्यान, कोलोनोस्कोपीमा केही पनि खराबी देखिन्न ।
चिन्ता, टेन्सन, अत्तालिएको बेलामा समस्या बढेर आउँछ। केही काम गर्दा भन्दा नगर्दा यसै बस्दा बढी समस्या भएको भान हुन्छ ।
यसलाई आइबीयस (इरिटेबल बावल सिन्ड्रोम) भनिन्छ । यो समस्या थुप्रै मानिसमा देखिने गरेको छ। इरिटेबल बावल सिन्ड्रोम र ग्यास्ट्रिक दुबैमा कति पटक उस्तै लक्षण देखिन्छन् ।
धेरै पटक यी दुईबीच भिन्नता छुट्याउन गाह्रो हुन्छ । ‘ग्यास्ट्रिक’ भन्दै उपचार हुनेगर्छ। समस्याको सही पहिचान नहुँदा मानिस इरिटेबल बावल सिन्ड्रोममा पनि ग्यास्ट्रिककै औषधि खाइरहेका हुन्छन् ।
औषधि खाँदा हल्का निको भएको अनुभव पनि हुन्छ । कति बिरामी त औषधि खाँदा ठीक तर औषधि छोड्न साथ गाह्रो महसुस गर्नुहुन्छ । लामो समयदेखि ग्यास्ट्रिकको औषधि सेवन गर्दै हुनुहुन्छ र पूर्ण रूपमा समस्या निको भाको छैन वा औषधिमा बानी परेको छ भने ख्याल राख्नुस् हजुरलाई इरिटेबल बावल सिन्ड्रोम पनि हुन सक्छ ।
यसको उपचार ग्यास्ट्रिकको भन्दा केही फरक हुन्छ । विशेष गरेर युवा वर्ग, मानसिक तथा शारीरिक थकानमा काम गर्ने व्यक्तिमा यो समस्या देखा पर्न थालेको छ ।
खानपिनको ख्याल नराख्ने, समयमा खान खाजा नखाने, घर बाहिर बढी खाजा र खाना खाने ब्यक्तिहरु यो पेटको समस्या लिएर आउनुहुन्छ ।
यी पेटका समस्या IBS आइबीयस ( इरिटेबल बावल सिन्ड्रोम) किन बढ्दै छन् ?
१. चुरोट, रक्सी, खैनी, सुर्तीको प्रयोग सानै स्कूल, कलेजबाटै हुँदा ।
२. जंक फूड, चिल्लो, अमिलो, पिरो, अजिनोमोटो राखेको खाजा, चट्पट, पानीपुरी, दालमोठ, चाउचाउ, तेलमा, घिउमा फ्राइ गरेको, तारेको, पकौडा, समोसा, निम्किन, चकलेट, चना, केराउ, कोक नै स्थायी खाजाको रुपमा लिनाले ।
३. अफिसमा काम गर्ने, बाहिर काममा हिँड्नुपर्नेहरु खाली पेट बढी बस्ने, खानपिनको ख्याल नराख्ने, समयमा खान खाजा नखाने, घर बाहिर बढी खाजा खाने, खाजा राम्रो नखाने ।
४. दुई छाक टन्न खाने: यसले २४ घण्टालाई टार्न खोज्ने तर दिउँसो खाजा नखाने ।
५. दूध चिया बढी खाने, कफी खाने चलन अहिले युवा वर्गमा बढेको पाइन्छ ।
६. चकलेट, कोक, फ्यान्टाजस्ता कृतिम पेय पदार्थको बढी प्रयोग ।
७. साँझ बाहिर र चिल्लो, रातो मासु, तेलमा, घिउमा फ्राइ गरेको, तारेको माछा मासु फ्राइ गरेको बढी खाने, रक्सीको बढी प्रयोग आदि ।
८. घर बाहिर बढी खाने चलन।
यस्तो तरिकाको खानपानले पनि हाम्रो समाजमा अहिलेको अवस्थामा युवा वर्गमा पेटको समस्या बढ्दै गइरहेको छ। के खाने, के नखाने त्यो बुझ्नु आवस्यक छ। साथ साथमा निम्न कुरामा पनि ख्याल राख्नु उत्तिकै जरूरि छ।
पानी बढी पिउने, हरियो साग सब्जी, तरकारी खाने, गिलो गरेर दाल भात खाने, खाजा राम्रो खाने, ३/४ घण्टा को फरकमा केही खाइरहने।
खाली पेट बस्दै नबस्ने। तर, खान पायो भन्दैमा धेरै टन्नै पनि नखाने। कुनै पनि किसिमको मानसिक वा शारीरिक तनावबाट सकभर टाढै रहने।
हाँस्ने, बोल्ने, रमाउने। डाक्टरलाई बेला बेलामा देखाउने, आवश्यकता अनुसार औषधि बढ्ने, घट्ने पनि हुन सक्छन्।
रोगको सही पहिचान, डाक्टरको सल्लाह बमोजिम औषधी केही समय मिलाएर खानुपर्छ। यसो गर्न सके यी समस्याबाट टाढै रहन सकिन्छ ।
पेटका रोगहरुको उपचारका केहि घरेलु उपाय
१. दैनिक खानाअघि एकदाना अमला खाने, बेलको पाकेको गुदीको सर्वत सेवन गन ।
२.खानासँग सलादको रुपमा प्याज र अदुवाको टुक्रा खाने साथै पुदिनाको दशपत्र पिसेर एक चिया गिलाँस पानीमा बिहान /बेलुका सेवन गर्ने ।
३.तुलसीपत्र र अदुवाको रस बराबर मिलाएर खानाअघि सेवन गर्नाले अरुचि र ग्यास्ट्रिक आदि ठिक हुन्छ ।
४.साँझ बिहान दश ग्राम सुपको काँडा र काँचो नरिवलको रस सेवन गर्ने ।
५. सानो एकचम्चा मेथीको धुलो दुध वा दुधको तरसँग बिहान /बेलुका सेवन गर्ने ।
६. तीन चम्चा अदुवाको रसमा बराबर अदुवाको रसमा मिलाएर सेवन गर्ने ।
७. पेटमा ग्यास्ट्रिक वायु बढेमा वा आउ परेमा मेथिको चिया दिनमा दुईपटक सेवन गर्ने ।
८. पेटमा अल्सर भएमा वेसार र विरेनुन तातोपानी सँग दिनमा ३ पटक खाने ।
९. बेलुका बेसार दुधमा मिलाई पिएर सुत्ने बेलामा पिएमा ग्यास्ट्रिक ठिक हुन्छ ।
१०. अरुचि,अपचमा करेलाको अचार वा तरकारी खाने गर्नु ठिक हुन्छ ।
यदि तपाईलाई पनि यस्तो या अन्य समस्या देखि पिडित हुनुहुन्छ भने DXN को 100% नेचुरल प्रोडक्टहरु द्वारा नेचुराली आफ्नो शरीरलाई रोगमुक्त बनाउनु सक्नु हुन्छ
संसारकै सबै भन्दा राम्रो जडिबुटीको राजा मानिने गानोडार्माको सेवन गर्नुहोस् यसको सेवनले तपाईको शरीरमा भएको अखाद्य बिषादी चिज, र हाम्रो शरीरलाई नचाहिने चिजलाई हाम्रो शरीर बाट नै बहिरा निकाली शरीरलाई शुद्दिकरणको साथ हर्मोन सन्तुलित गर्ने गर्दछ
OUR MISSION HEALTH WEALTH & HAPPINESS
We are Promoting Health Globally through natural herbs.
No artificial chemicals, No artificial coloring mix
💯% natural and organic no side effect
HALAL , ISO 14001 ,GMP, TGA Approved Products
DXN JOINING IS FREE